पाँच महिनादेखि क्यान्सर रोगीलाई दिँदै आएको एक लाख सहायता सरकारले रोक्यो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २९ वैशाख । सरकारले पाँच महिनादेखि क्यान्सर रोगीहरुलाई दिँदै आएको एक लाख रुपैयाँ आर्थिक सहायतामा रोक लगाएको खुलासा भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा.पुष्पा चौंधरीले बजेटको अभावमा पाँच महिनादेखि क्यान्सर रोगीलाई दिँइदै आएको एक लाख रुपैयाँ आर्थिक सहायतामा रोक लगाइएको जानकारी दिएकी हुन् ।
बजेटको अभाव भएकाले सरकारले हाललाई क्यान्सर रोगीहरुको सूची तयार पार्ने काम पनि स्थगित गरिएको पनि सचिव चौंधरीको भनाइ छ । आइतबार काठमाडौंमा आयोजित ‘विश्व आँखा क्यान्सर सचेतना सप्ताह’ कार्यक्रममा बोल्दै उनले आँखाको क्यान्सर रोगको उपचारको लागि पनि आगामी आर्थिक वर्षको बजेटमा आवश्यक व्यवस्था गर्ने बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *