अञ्जनाको क्यानडा जाने सपना सपनामै सिमीत , जेठाजुले खुकुरी प्रहार गरेर लिए बुहारीको ज्यान

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । ललितपुरको ढोलाहिटी निवासी उज्वल महतले आफ्नै भाइ बुहारीलाई खुकुरी प्रहार गरेर हत्या गरेका छन् । घरको धारामा पानी नआएपछि घर भन्दा केही पर पुगेर पानी ल्याएकी अञ्जना लामा महतको पानी भन्न नपाउँदै राक्षसी जेठाजुले ज्यान लिएका हुन् ।

२५ वर्षिय अञ्जना केही समयपछि क्यानडा जाने तयारीमा रहेकी थिइन् । जबकी उनको पापी जेठाजुको कारण उनी अब कहिल्यै क्यानडा जान नपाउने गरेर अस्ताएकी छन् । उज्वलकी आमा कोठामा सुतेकी बेला उज्वल घर भन्दा केही पर पसलमा गएर पत्रिका पढिरहेका थिए । तर हत्यारा उज्वलले एक्कासी आमालाई आमा मैले बुहारी काटे भनेर बोलाउँदै आएका थिए ।

अञ्जनाको श्रीमान अफिस गएको बेला पारेर उज्वलले बुहारीमाथि खुकुरी प्रहार गरेका हुन् । बुहारीलाई काटेको कोठा पुरै रक्ताम्मे थियो भने हत्या गर्न प्रयोग गरेको खुकुरी घरको बरन्डामा राखेका थिए । हत्या गरिएकी अञ्जनाको घाँटी छिन्नै लागेको अवस्थामा थियो भने हातमा कयौँ पटक खुकुरी प्रहार गरिएको थियो । अभियुक्त उज्वलको हातको औँला पनि काटिएको छ । अहिले उनलाई प्रहरी वृत्त चापाँगाउँमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *