सफलताको नयाँ इतिहास : कुनै बेला एयरपोर्टमा क्लिनरको काम गर्ने व्यक्ति अहिले एयरलाइन्सको मालिक

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । मान्छेले आटेपछि असम्भव भन्ने कुरा केही छैन् , चन्द्रमा पनि छुन सकिदो रहेछ । किनभने मानिसहरुको सफलता भन्ने चिज एकैचोटी ठुलो भएर नगएपनि समय र मिहेनतसँगै सफलताको शिखर चुम्ने पक्का रहेछ । यसको एक उदाहरुण हुन् , बेलायतका ३२ वर्षका काजी साफिकुर रहमान । उनी एक सन्तानका पिता हुन् । उनी आफ्नो परिवासँग ११ वर्षको उमेरमा सन् १९९७ मा ब्रिटेन आएका थिए । उनी पढाई सकाएपछि सुरुवातमा एयरपोर्टमा सरसफाइको काम गर्दर्थे र हवाईजहाज किन्ने सपना देख्दथे । त्यसैले उनी क्लिनरको काम गर्न जाँदा पनि सुटबुट लगाएर काममा जान्थे ।

अहिले काजीले सफलताको नयाँ इतिहास लेखेका छन । एयरपोर्टमा सरसफाइको काम गर्ने काजीले अहिले आफ्नो एयरलाइन्स लञ्च गर्दैछन् । उनले आफ्नो एयरलाइन्सको नाम फिरनास एयरवेज राखेका छन् । जसमा १९ सिट रहेको छ । त्यसैले आफूलाई ‘हलाल रिचर्ड ब्रान्सन’ भन्न बढी रुचाउँछन् ।

कसरी बने एक्कासी क्लिनरबाट एयरलाइन्सको मालिक ?
काजीले एयरपोर्टमा सरसफाई गर्दा गदै परफ्युम व्यवसाय सुरु गरे ।उनका सात दाजुभाइ दिदीबहिनी मध्येका एक इजिप्टमा बस्थे । उनले नै त्यहाँबाट उनलाई परफ्युम पठाउने गर्दथे । उनको व्यवसाय निकै फस्टायो । सन् २००९ मा कम्पनी स्थापित गरेर पाँचवटा स्टोर खोले । त्यसपछि उनको सफलताले शिखर चुम्यो ।

अहिले उनको एयरलाइन्सको पहिलो उडानसँगै फिरनास एयरवेज शरियत कानूनमा चल्ने ब्रिटेनको पहिलो एयरलाइन्स बन्नेछ । यसको अर्थ, यो एयरलाइन्सले इस्लामको कानून अनुसार यो एयरलाइन्समा रक्सी सेवन गर्न पाउनु हुन्न, विमानभित्र इस्लामिक खाना पस्किइनेछ र क्याबिन क्रुको हिजाब सहितको भिन्न पहिरन देख्न पाइने लगायतको सुविधा हुनेछ । उनको अबको योजना भविष्यमा ब्रिटेनबाट यूएई, पाकिस्तान, बंगलादेशका लागि सेवा दिनु हो । उनको फिरनासले चाँडै नै पहिलो उडान भर्ने तयारी गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *