११ महिनाको दुधे बालक छोडेर हिडेकी आमा र छोराको २४ वर्षपछि भयो अचानक भेट , यसरी साटे आमा छोराले भेटको खुसी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । ११ महिनाको दूधे बालक छोडेर बेपत्ता भएकी गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्वर–४ , चन्द्रकोटकी कविता परियारले २४ वर्षपछि छोरालाई भेटेकी छन् ।अपत्यारिलो तवरले २४ वर्षपछि भेट भएका आमाछोरामा यो भन्दा ठूलो खुसी के नै होला र । जब छोराले माया मारेकी आमालाई २४ वर्षको उमेरमा आएर भेट्न पाएका छन् ।

उनीहरुको यो मिलन कुनै फिलमको कहानी भन्दा फरक छैन् । २४ वर्ष अगाडी बेपत्ता भएकी दिपक परियारकी आमा भारत पुगेर अर्कैसँग विवाह गरेकी थिइन् । आमाको मृत्यु भएको खबर सुनेपछि रुपन्देही आएकी उनले युट्युवमा रोइला गीतहरु निकै सुन्ने गर्थिइन् । गुल्मी चन्द्रकोट गीतमा जोडिएको सुनेपछि उनले यो गीत गाउने कस्को छोरा हो भनेर आफ्नो दिदीसँग सोधिन् । त्यसपछि खोजी गर्दै जाँदा दीपक आफ्नै छोरा भएको पाएपछि दीपकले आमासँग भेट्न पाए ।

सानै उमेरमा आमाले छोडेर हिडेपछि हजुरआमाको साथमा हुर्केका उनको जीवन कथा निकै दर्दानक रहेको छ । गीत तथा संगीतकार समेत रहेका उनीले लामो समयको अन्तरालपछि आमालाई भेट्न त भेटे तर आफुलाई जन्म दिने आमाको साथमा लामो समय बसेर भलाकुसारी गर्ने समय भने उनलाई मिलेको छैन् । सानैदेखि गीत संगीतलाई माया गर्ने उनी अहिले गीत संगीतलाई नै आफ्नो दिनचार्य बनाएर दिनहरु बिताइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *