३० बर्ष लागे मार्सेलो, यस्ता छन् उनका जिवनका तथ्य

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौंः ब्राजिल तथा रियल मड्रिडका स्टार मार्सेलो ३० बर्ष लागेका छन् । उनी १९८८ मे १२ मा ब्राजिलको रियो डी जेनेरियोमा जन्मिएका हुन् । उनको पुरा नाम मार्सेलो भिइरा डा सिल्भा जुनियर हो ।

विश्वकै उत्कृष्ट लेफ्ट ब्याक मध्येका एक मार्सेलोले अहिलेसम्म दुई क्लबबाट मात्रै व्यवसायिक फुटबल खेलेका छन् । ब्राजिलको फ्लूमिनेन्सबाट २००२ देखि २००६ सम्म खेलेका उनी १२ बर्ष यता रियलबाट खेलिरेहका छन् । ब्राजिलियन फ्लूमिनेन्सबाट ३० खेलेका उनले ६ गोल गरेका थिए ।

२००७ मा रियलले मार्सेलोलाई नयाँ रोबर्टो कार्लोस भन्दै अनुबन्ध गरेको थियो । रियलमा उनले हालसम्म सबै खालका प्रतियोगिताका ४८४ खेल खेलेका छन् र ३६ गोल गरेका छन् । उनले रियलबाट चार ला लिगाको उपाधि जितेका छन् । यस्तै २ केपा डेल, चार च्याम्पियन्स लिग र चार क्लब विश्वकपको उपाधि जितेका छन् ।

२००६ मा ब्राजिलको सिनियर टोलीमा डेब्यू गरेका उनले अहिलेसम्म ५८ खेल खेलेका छन् र ६ गोल गरेका छन् । यो अवधिमा उनले २०१३ मा कन्फेडेरेसन कप जितेका छन् । जुनमा हुने कोपा अमेरिकामा मार्सेलो ब्राजिलका लागि महत्वपूर्ण सदस्य हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *