संस्कृतिविद् सत्यमोहन जोशी सय वर्ष लागे, तीनपटकसम्म मदन पुरस्कार पाउने एक मात्र साहित्यकार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ३० वैशाख । संस्कृतिविद् सत्यमोहन जोशीको आज सय वर्षमा प्रवेश गरेका छन् । जोशीको सयौं जन्मोत्सवमा आज ललितपुर महानगरपालिकाले विशेष कार्यक्रम आयोजनासमेत गरेको छ । उनको सयौं जन्मोत्सव भव्यताका साथ मनाउन सोमबार ललितपुर महानगर र गोदावरी नगरपालिकाले सार्वजनिक बिदा दिएका छन् । जोशीलाई बग्गीमा राखेर मंगलबजारदेखि इटी, कुमारीपाटी, जाउलाखेल हुँदै पुल्चोक लगिने कार्यक्रम रहेको महानगरले जनाएको छ । जोशीको जन्मोत्सव कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल उपस्थित हुनेछन् ।

जोशीको तस्बिर अंकित ब्यानर ललितपुर महानगरपालिका र सगरमाथामा फहराउने, नेपाल सरकारसँग समन्वय गरी जोशीको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गर्ने, नेपाल सरकारसँग समन्वय गरी जोशीको तस्बिर अंकित चाँदीको मुद्रा निष्कासन गर्ने, जोशीलाई गोसाइँकुण्ड (सिलु) दर्शन गराउने, जोशीको प्रतिमासहित उनको नाममा ललितपुर महानगरपालिका क्षेत्रभित्र पार्क निर्माण गरी उक्त सडकलाई उनको नामबाट नामाकरण गर्ने लगायत २० वटा कार्यक्रम महानगरपालिकाले सार्वजनिक गरेको छ ।

बाबु शंकरदास (शंकरराज) जोशी र आमा राजकुमारी (नोगलदेवी)को कोखबाट बखुम्बहाल, ललितपुरमा जन्मेका जोशीले हाम्रो लोकसंस्कृतिका लागि पहिलोपटक २०१३ सालमा, नेपाली राष्ट्रिय मुद्रा नामक ग्रन्थका लागि दोस्रोपटक २०१७ सालमा र कर्णाली लोकसंस्कृति नामक ग्रन्थको लागि तेस्रोपटक २०२८ सालमा मदन पुरस्कार प्राप्त गरेका छन् ।

जोशीलाई सुप्रबल गोर्खा दक्षिणबाहु विख्यात त्रिशक्ति पट्ट, आदिकवि भानुभक्त पुरस्कार, काठमाडौं विश्वविद्यालयले विद्यावारिधिको मानार्थ प्रमाणपत्र प्रदान गरेको छ । नेपाल सरकारले पनि उज्ज्वल कीर्तिमान राष्ट्रदीपले सम्मानित गरेको छ । प्रबन्ध तथा अनुसन्धानात्मक कृति नेपालीमा १०, नाटक पाँच, काव्य दुई र कथासंग्र्रह पाँच तथा नेपाल भाषामा गरी उनका करिब ५० कृति प्रकाशित भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *