राजेश हमालले चलाउने ‘को बन्छ करोडपति’ मा पवन जैनले जिते एक करोड

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ३० वैशाख । चर्चित रियालिटी शो ‘को बन्छ करोडपति’ को ४१औं शृंखलामा विराटनगरका राजीव जैनले एक करोड रुपैयाँ जितेका छन् । एपिवान टेलिभिजनबाट प्रसारण हुने ‘को बन्छ करोडपति’ मा एक करोड जित्ने जैन पहिलो भएका छन् । आइतबार प्रसारित कार्यक्रममा उनले भएको १५ वटै प्रश्नको सही उत्तर दिएका थिए । कार्यक्रमको सञ्चालक अभिनेता राजेश हमाल हुन् ।

प्रतियोगितामा पहिलो करोडपति भएपछि राजीवले आफ्नो दिमागको जाँच गर्न सहभागी भएको बताएका थिए । उनले पैसा जित्नभन्दा पनि आफ्नो दिमाग जाँचका लागि प्रतियोगितामा भाग लिएको बताएका छन् । राजीवले जितेको पूरै रकम पाउने छैनन् । प्रचलित नियमअनुसार यस्मा २५ प्रतिशत कर काटिन्छ । यो भनेको २५ लाख हो । उनको हातमा ७५ लाख मात्र पर्नेछ । जैनले सो पैसाले विश्व भ्रमण गर्नुका साथै समाजसेवामा खर्चिने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *