उपप्रधानमन्त्री उपेन्द्र यादव एभिन्युज टिभीमा अन्तर्वार्ता दिँदादिँदै माइक फालेर हिँडे (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ३० वैशाख । केही दिनअघि प्राइम टेलिभिजनमा पत्रकार ऋषि धमलाको ‘जनता जान्न चाहन्छन्’ भन्ने टक शोमा नेकपाका नेता सत्यनारायण मण्डल र कांग्रेस नेता रामकृष्ण यादवले स्टुडियोमै औला देखाई देखाई भनाभन गरेका थिए । दुवै नेताबीच हात हालाहालको स्थिति देखिइसकेको थियो । तर, पछि दुवैले संयमता अपनाएका थिए ।

सो टक शोको चर्चा सेलाउन नपाउँदै आइतबार सरकारका उपप्रधानमन्त्री उपेन्द्र यादवको अन्तर्वार्ता अहिले चर्चामा छ । एभिन्युज टेलिभिजनमा पत्रकार सुशील पाण्डेसँग प्रश्नको सामना गर्न नसकेपछि आइतबार राति ९ बजे एभिन्यूज खबरको ‘सकस राजनीति बहस’ मा सहभागी भएका यादवले सरकारको भ्रष्टाचार र अनियमितताबारे प्रश्न राखेपछि जवाफ दिन अस्वीकार गरेका हुन् ।

भ्रष्टाचारको विषयमा मन्त्री यादवले जवाफ दिन आनाकानी गरेपछि प्रश्नकर्ता सुशील पाण्डेले पार्टी एकताको विषयमा प्रश्न गरेका थिए । तर उनी उल्टै प्रश्नकर्तामाथि खनिए । प्रश्नकर्ता पाण्डेले पटक–पटक जवाफ दिन आग्रह गर्दा पनि मन्त्री यादव माइक नै फालेर स्टुडियोबाट बाहिरिए । मन्त्री यादव यसरी हिँडेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *