बलिउड फिल्म ‘स्त्री’ को सिक्वेल बन्ने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । देश तथा विदेशमा रहेका दर्शकहरुको मन जित्न सफल भएको बलिउड फिल्म ‘स्त्री’ को सिक्वेल बन्ने भएको छ । थोरै लगानीमा निर्माण भएको उक्त फिल्मले धेरै राम्रो व्यापार गरेको थियो । सोचेभन्दा राम्रो कमाइ भएको भन्दै फिल्मको सिक्वेल निर्माण गर्ने चर्चा भइरहेको थियो ।

यद्यपी निर्माण टिम ले आधिकारीक जानकारी भने दिएको थिएन् । अब भने निर्माण टिमले नै फिल्म निर्माण गर्ने जानकारी दिएका छन् । उक्त फिल्मका जोडीको रुपमा भने राजकुमार राव र श्रद्धा कपुर रहने बताइएको छ । फिल्मलाई दिनेश विजन र रान एण्ड डिकेले निर्माण गर्ने भएका छन् ।

अमर कोशिकले निर्देशन गर्ने भनेको फिल्म अब चाडै छायांकन सुरु गर्ने क्रममा रहेको निर्माण टिमले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *