डीआईजी भएलगत्तै विश्वराज पोखरेल पुगे कालीबाबाको शरणमा, आईजीपी बन्न थापे आशीर्वाद

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ३० वैशाख । नेपाल प्रहरीमा सिनियर अधिकृतलाई बेवास्ता गर्दै एसएसपी विश्वराज पोखरेललाई डीआईजी सिफारिस गरिएपछि असन्तुष्टि चुलिएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको दबाबमा उनलाई डीआईजी सिफारिस गरिएको भन्दै प्रहरी संगठनमा असन्तुष्टि चुलिएको हो ।
डीआईजीमा बढुवा भएका पोखरेलले आइतबार दज्र्यानी चिन्ह लगाएका छन् । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल पोखरेललाई प्रहरी प्रवक्ता बनाउने पक्षमा छन् । पोखरेललाई डीआईजी बनाउन कालीबाबाको ठाडो हस्तक्षेप भएको नेकपा निकट स्रोतहरूले जनाएको छ ।
कालीबाबाको पहुँच सबै राजनीतिक दलका शीर्ष नेताहरूसम्म रहेको बताइन्छ । पोखरेल आफैं पनि कालीबाबाका चेला हुन् । कालीबाबाले उनलाई प्रहरी महानिरीक्षक बन्ने भविष्यवाणी गरेको विषयले अहिले नेपाल प्रहरीमा चर्चा पाएको छ । डीआईजीमा सिफारिस भएलगत्तै पोखरेल कालीबाबाको आश्रममा पुगेको स्रोतले बतायो ।
यता, महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाका एसएसपी र केही डीएसपीहरुको सरुवापछि अब डीआईजीहरु पनि फेरबदल गर्ने तयारीमा आईजीपी सर्वेन्द्र खनाल रहेको बुझिएको छ । १ नम्बर प्रदेशका डीआईजी केदार रिजाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको कामु प्रमुख हुन लबिङमा लागेका छन् ।
१ नम्बर प्रदेशको डीआईजीमा शेरबहादुर बस्नेतको नाम चर्चामा छ । गण्डकी प्रदेशका डीआईजी दानसिंह बोहरा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अख्तियारका ठाकुर ज्ञवालीको गण्डकी प्रदेशमा सरुवाको तयारी भएको स्रोतको दाबी छ । प्रद्युम्न कार्की २ नम्बर प्रदेशमा नाम लिने गरिएको छ । २ नम्बरका डीआईजी हरि पाललाई सीआईबीमा ल्याइने प्रबल सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *