एभिन्यूज टेलिभिजनको वीरगञ्जस्थित व्यूरो कार्यालयमा तोडफोड, स्वास्थ्यमन्त्री यादवको अन्तर्वार्तालाई लिएर आक्रोश

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ३० वैशाख । एभिन्यूज टेलिभिजनको वीरगञ्जस्थित व्यूरो कार्यालयमा तोडफोड भएको छ । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको अन्तर्वार्तालाई लिएर आक्रोश व्यक्त गर्दै समाजवादी पार्टी नेपालका कार्यकर्ताद्वारा टेलिभिजन कार्यालय तोडफोड भएको टेलिभिजनले जनाएको छ ।
एभिन्यूज खबरमा आइतबार साँझ प्रसारित अन्तर्वार्ताको बीचमै मन्त्री यादव माइक छाडेर हिँडेका थिए । उनीसँग पत्रकार सुशील पाण्डेले अन्तर्वार्ता लिएका थिए । संघीय समाजवादी पार्टी र भ्रष्टाचार नियन्त्रणका विषयमा सोधेको प्रश्नको जवाफ नदिएपछि पत्रकार पाण्डे र मन्त्री यादवबीच भनाभन भएको थियो । यो विषयलाई लिएर सोमबार बिहानैदेखि सामाजिक सञ्जाल र सञ्चारमाध्यममा बढी टीकाटिप्पणी भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *