केटीहरुलाई आफ्नो बनाउने चक्करमा भुलेर पनि नगर्नुहोस् यी गल्ती, अपनाउनुहोस् यी उपाय

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । जब माया प्रेमको कुरा चल्छ तब युवायुवतीले फिल्मको कुरालाई आफ्नो प्रेम सम्बन्धमा दर्शाउने गर्छन् । फिल्ममा देखाइएका दृष्यलाई लिएर प्रेम सम्बन्धलाई फलो गर्ने गर्छन् । फिल्मलाई नै युवा युवतीले प्रेमलाई प्रभावित पार्ने चक्करको रुपमा लिन्छन् । मन मिल्न समय लाग्दैन् तर मन जित्न भने अवस्य समय लाग्छ । यस्तै प्रेमीकालाई आफ्नो मायामा प्रभावित पार्नको लागि युवाहरुले धेरै गल्ती गर्ने गर्छन् । जसको कारण पछि पश्चातपको पिडा सहन बाध्य हुन्छन् । हेरौ केके हुन् त युवाहरुले युवतीलाई प्रेममा पार्न गर्ने गल्तीहरु ।

१.केही हद सम्म मात्रै प्रेमीकाको तारिफ गर्नुहोस्  : युवतीहरुलाई कसैले राम्रो भनेर तारिफ गरेको खुब मनपर्छ । तर हरेक समय उनीहरुको तारिफ नगर्नुहोस् । जब तपाईले युवतीको हरेक समय तारिफ गर्नुहुन्छ तब उनले यो खुसीलाई गलत तरिकाले बुझेकी हुन्छिन् ।

२.छुने कोसिस गर्नु  : यदि तपाई युवतीसँग कुरा गर्दा उनलाई छुने कोसिस गर्ने । युवतीको हात समाउने, उनको नजिक जाने जस्ता कार्य गर्नुभयो भने उनले तपाईलाई गलत तरिकाले बुझ्ने छिन् ।

३.ओभर फ्रेन्डली हुने  : युवतीहरुले कसैलाई सजिलै विश्वास नगर्ने भएकाले सुरुवातमै उनको साथी बन्न चाहनुहुन्छ भने सम्झनुहोस् तपाईले गल्ती गरिरहनुभएको छ । यसरीी उनलाई कहिल्यै प्रभावित पार्न सक्नुहुन्न ।

४.सधै मिठा/मिठा कुरा गर्ने :  हरेक समय युवतीसँग मायाले कुरा गर्ने मिठा मिठा कुरा गर्नुमा फरक हुन्छ । तपाई जसलाई मन पराउनुहुन्छ उनलाई त्यही कुराले प्रभावित गर्नुहास् । तर उनलाई प्रभावित गर्न हरेक समय मिठा मिठा कुरा गरेको युवतीहरुले मन पराउँदैनन् ।

५.आफ्नो बारेमा बढाई चढाई कुरा गर्ने : युवतीहरुलाई आफ्नो बसमा पार्नको लागि अधिकांस युवाहरुले आफ्नो बारेरमा बढाइ चढाई कुरा गर्ने गर्छन् । तर युवतीहरुले तपाईको बारेमा जुन कुरा थाहा पाउँछिन् तब सम्बन्ध बिग्रन थाल्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *