गायिका सुनिताले भावुक हुँदै किन बोलाइन् आफ्नो परदेशीलाई ? (भिडियो सहित)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । सुमधुर स्वरकी धनी गायिका सुनिता कार्कीले ‘ए मेरो प्यारो परदेशी’ बोलको गीत सार्वजनिक गरेकी छन् । सुरेश अधिकारीको शब्द तथा संगीतमा रहेको उक्त गितलाई सुनिताले टिपिकल आवाजमा प्रस्तुत गरेकी छन् ।

फरक तरिकाले स्वर भरेको यस गीतलाई दर्शक तथा स्रोताहरुले निकै राम्रो र उनीमा गायिकीको फरक पना देखिएको भन्दै सुनिताको स्वरको तारिफ गरेका छन् । विशाल प्रजापतिले छायांकन गरेको गीतको म्युजिक भिडियोमा लक्ष्मी, दृष्या, रोशनी र जोइज पाण्डेको निकै भावुक अभिनयलाई पनि दर्शकहरुले राम्रो रहेको भन्दै तारिफ गरेका छन् ।

आफ्नो परदेशी मान्छेलाई सम्झिदै बसेकी एक गाउँले युवतीको कथालाई लिएर तयार पारिएको गीतको भिडियोलाई जोइज पाण्डेकोे निर्देशन रहेको छन् भने महराज थापाले एरेन्ज गरेका छन् । सुनमाला एल्बममा संग्रहित सुनिता कार्कीको यो गीतलाई उज्वल ढकालले सम्पादन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *