बिना बेहुली बेहुला बनेर एक युवाले खुवाए ८ सय सहभागीलाई भोज

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । भारतको गुजरातमा एउटा निकै अनौठो विवाह भएको छ । विवाह भन्ने बित्तिकै बेहुला बेहुली हुन्छन् भन्ने सबैको मनमा आउँछ । तर यहाँ एक युवाको विवाह निकै अनौठो तरिकाले भएको छ ।

२ सय जना भन्दा धेरै मानिसलाई जन्ती बनाएर बेहुला बन्ने सौख पुरा गरेका ती युवा सुस्त मनस्थिती भएका थिए । उनी मानसिक रुपमा कमजोर भएको कारण उनको लागि कतै केटी नभेटीएपछि उनले बिना केटी नै विवाह गरेर आफ्नो इच्छा पुरा गरेका छन् । अन्य व्यक्तिले विवाह गरेको देख्दा आफु पनि त्यस्तै बेहुँला बन्ने इच्छा राखेका ती व्यक्ति सधै यहि कुरा आफ्नो आमाबाबूलाई भन्ने गर्थे ।

तर बाबू आमाले छोराको लागि केटी खोज्न अनेक प्रयास गरे तर असफल भएपछि उनीहरुले छोराको बेहुला बन्ने सपना पुरा गराइदिएका छन् । बिहेको दिन उनलाई बेहुला बनाएर पुरै गाउँ घुमाइयो र गाउँ नजिकै रहेको सामुदायिक भवनमा ८ सय जनालाई भोज खुवाएर उनको विवाह गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *