यी नै हुन् ७ वर्षिय बालिकालाई महिनौैदेखि बलात्कार गर्ने पूर्वप्रहरी खरेल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । रामेछापकी ७ वर्षिय बालिकालाई पटक पटक बलात्कार गर्ने पुर्वप्रहरी पक्राउ परेका छन् । बलात्कारको अभियोग लागेको थाहा पाएपछि बेपत्ता रहेको राजु खरेल नाम गरेका व्यक्ति कञ्चनपुर प्रहरीले कञ्चनपुरको बेलौरीबाट पक्राउ गरेको हो ।

प्रक्राउ परेका खरेल राष्ट्रिय असुसन्धान विभागका पूर्व प्रहरी हुन् । रामेछाप जिल्ला खाडादेवी २ की माझी थरकी बालिकालाई खरेलले केही महिनादेखि बलात्कार गर्दै आएका थिए । केही दिन अगाडी काठमाडौँको सिनामंगलमा सात वर्षिय बालिका बलात्कार भन्दै प्रहरीमा उजुरी परेपछि उनी काठमाडौँबाट भागेका थिए ।

पिडित पक्षको अनुसार आमा घरमा काम गर्न जाँदा आमासँगै गएकी माझी थरकी ७ वर्षिय बालिकालाई खरेलले चक्लेट देखाएर बलात्कार गर्दै आएका थिए । पिडित बालिकाकी आमाको अनुसार आफुलाई पनि खरेलले बलात्कारको प्रयास गरेको र कामबाट नै निकाल्देलान भन्ने डरले कसैलाई नभनेको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *