विद्यार्थी कुट्ने शिक्षिकालाई जागिरबाट निष्काशन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । नयाँ बानेश्वर स्थित बेबिलोन नेशनल स्कुलकी एक शिक्षिकालाई विद्यार्थीलाई कुटेको आरोपमा विद्यालयले निकालिदिएको छ । शिक्षिकाले विद्यार्थीलाई कुटेको थाहा पाएर अभिभावकले उनीमाथि कारबाहीको माग गरेपछि विद्यालयले गत सोमबारदेखि उनलाई जागिरबाट निकालेको हो ।

नयाँ बानेश्वरस्थित बेबिलोन नेशनल स्कुकलमा एलिशा राई नाम गरेकी शिक्षिकाले १० दिन अगाडी ६ कक्षामा अध्यनरत विद्यार्थी नवोम श्रेष्ठलाई कुटपिट गरेकी थिइन् । शिक्षिकाले डर देखाएको कारण अभिभावकलाई नभनेका विदार्थीको अभिभावकले केही दिनपछि बच्चाको शरिरभरि निलडाम देखेपछि सोध्दा शिक्षिकाले कुटपिट गरेको बताएका थिए ।

यसबारेमा अभिभावकले विद्यालय प्रशासनमा आएर जानकारी गराएपछि विद्यालयका प्रिन्सिपल राजु राईले शिक्षिकालाई सोधपुछ गर्दा कुटपिट गरेको स्किार गरेकी थिइन् । विद्यालय प्रशासनले एक शिक्षिकाको कारण विद्यालयकै बेइज्जत भएको भन्दै शिक्षिका एलिसा राईलाई विद्यालयबाट नै निकालिदिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *