वर्षौदेखि पानीमा तैरिरहेको बस्तीका मानिसहरु यसरी गर्छन् जीवनयापन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । छिमेकी राष्ट्र चीनमा एक समुदायका मानिसहरुले हरेक समय पानीमा बिताउँदै आएका छन् । सुन्दै अनौठो लाग्ने ती मानिसहरुको समुन्द्रम ढुंगा बनाएर बस्ती नै निर्माण गर्ने एक परम्परा रहेको छ ।

लामो समयदेखि यसरी समुन्द्रको पानीमाथि रहेर जीवनयापन गर्दै आएका मानिसलाई पानीमाथि जीवनगुजरा गर्नु खासै सजिलो छैन् । निंगडे शहरको सिटीमा रहेका ती मानिसहरु हरेक समय पानीमा तैरिरहेका हुन्छन् । १३ सय वर्ष पुरानो परम्परालाई निरन्तरता दिँदै आएका मानिसहरुको सख्या करिब ८ हजार ५ सय रहेको छ । टाँका भाषा बोल्ने उनीहरुको दैनिकी भनेको नै समुन्द्रमा तैरिएर माछा मार्ने हो ।

माछा मारेकै कारण जीविको पार्जन गर्दै आएका छन् ।आफ्नो परिवार पाल्नकै लागि समुन्द्रमा बस्ती बसाल्नु उनीहरुको बाध्यता भएको छ । समुन्द्रमा खतरा आउने संकेत पाएपछि उनीहरु समुन्द्रबाट टाढा जाने गर्छन् । उनीहरुको बिचमा रहेको अर्को रोचक कुरा के छ भने न उनीहरु बस्नको लागि समुन्द्रको किनारामा बस्न कहिल्यै आउँदैनन् भने समुन्द्रबाहेक अन्य ठाउँमा बस्ने मानिससँग विवाह समेत गर्दैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *