विश्वकै डरलाग्दा कमिलाहरु  ! जो पुल बनाएर खोला तर्नेदेखि सिंगो गैँडा समेत खाएर सकाउँछन् !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । देख्दा सानो भएपनि निकै बलवान रहेको कमिला पुल बनाएर खोल पनि तर्न सक्ने जीव हो । एउटा मरेको सिंगो गैडालाई तीन दिन मै खाएर सक्ने कमिला निकै अचम्मको हुन्छ । सुन्दा अपत्यारिलो लाग्ने यो कुरा यर्थाथ हो । फौजी प्रजातिका यी कमिलाहरु संसारकै सबैभन्दा डरलाग्दा हुन्छन् ।

अरु कमिला जस्तै समुहरुमा बस्ने यो प्रजातिको कमिला पनि सामाजिक प्राणी हो तर उनीहरु गुड बनाएर बस्दैनन् । खानेकुराको खोजीमा लगातार बसाँइ सराइ गरिरहन्छन् । उनीहरु आफ्नो साथमा लार्भा र अणड सँगै बोकेर हिडिरहेका हुन्छन् । उनीहरुको बीचमा रहेका कामदार कमिलाहरु पुर्णरुपमा अन्धो हुन्छन् उनीहरुले गन्धको आधारमा काम गर्छन् । फैजी कमिलाको एउटै समूह पनि करोड भन्दा धेरै हुन्छन् ।
अफ्रिकी मुलुकमा पाइने फौजी कमिलाले एउटा सिँगै मरेको गैडालाई पनि खाएर सकाउँछन् ।

यताउता डुलिबस्ने यी कमिलाहरु आफ्नो बाटो फेला पार्न जस्तोसुकै चिजलाई पनि सिध्याउन तयार हुन्छन् । उनीहरुले विस्तारै घस्रेर हिड्ने जीवहरुलाई आफ्नो सिकार बनाएका हुन्छन् । तर उनीहरुले आफ्नो बाटोमा माकुरा, बिच्छी जस्ता जीव भेटेपनि सखाप पार्न पछि हट्दैनन् ।
२.५ सेन्टिमिटर वा १ इन्चसम्मको हुने यी कमिलाहरुले धुजा धुजा पारेर टोक्ने गर्छन् । त्यसकारण भन्ने गरिन्छ यो जातका कमिला अफ्रिकाममा मानिस बसोबास गर्ने ठाउँमा पुग्यो भने मानिसको बस्ती नै सखाप पारिदिन्छ । फैजी कमिलाहरुको माझमा काम गर्ने कमिला जस्तै अन्य सिपाही कमिलाहरु पनि रहेका हुन्छन् ।

उनीहरुको बिचमा रहेको अधिकारी कमिलाको आकार भने ठूलो हुन्छ । उनीहरुको बंगरा र डस्ने अंग पनि ठूलो हुन्छ । उनीहरुले दुश्मनको ठाउँमा छापा मारेजस्तै आफुले सिकार गर्ने क्षेत्रमा छापा मारेका हुन्छन् । छापा मार्नको लागि एकैपटकमा १४ मिटर देखि ४५ फिट बेसी क्षेत्रलाई घेराउ गरेर आफ्नो कब्जामा पारेका हुन्छन् । एक मिनेटमा करीब ३० सेन्टिमिटरको दूरी पार गर्दै आक्रमण गर्छन् । उनीहरुले छापा मारेको ठाउँमा यदि कीरा फट्यांग्राहरु, विच्छी, माकुरा, सर्प, उड्न नसक्ने जीवहरु पुगे भने बाच्न असफल हुन्छन् ।

भेटेका हरेक चिजलाई टोकेरै मार्छन् । यदि उनीहरुले हिड्दै जाँदा खोलाहरु तर्नु पर्ने अवस्था आयो भने एकआपसमा खुट्टा जोडेर जीवित पुल नै बनाएर तर्छन् । कुनै ठाउँलाइ स्थायी नबनाउने भएको कारण बास बस्नुपर्यो भने दशौँ हजारको ग्रुपमा एकआपसमा खुट्टा जोडेर गोलो घेरा बनाएर बस्ने गर्छन् । यसरी फौजी कमिलाहरु मिलेर बनेको गोलो घेराभित्र रानी कमिलालाई सुरक्षित साथ राखेका हुन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *