फोक्सो सम्बन्धी समस्या भएका व्यक्तिलाई तामा अमृतसम्मान, यस्तो छ तामाको अद्भूत फाइदा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । हाम्रो गाउँघरमा पाइने स्वादिष्ट तरकारी मध्येको एका हो तामा । विभिन्न सामाग्री तयार पार्नको लागि प्रयोग गरिने बाँसको तामालाई तरकारीको रुपमा पनि प्रयोग गर्न सकिन्छ । तामाबाट निकै स्वादिलो अमिलो अचार पनि बन्छ । यद्यपी तरकारी र अचार मात्रै नभएर तामा स्वास्थ्यवद्र्धक चिज हो । स्वास्थ्यको दृष्टिकोणले निकै उपयोगी रहेको तामामा भिटामिन ए, भिटामिन बी, भिटामिन इ , नियासिन, रिबोफ्लाभिन, थियामिन र फोलेट लगायतका थुप्रै तत्वहरु पाइन्छ ।

तामामा क्याल्सियम, म्याग्नेसियम, फोस्फरस, पोटासियम, कप्पर, जिंक, सोडियम, म्यागानिज र आइरन जस्ता खनिज तत्वहरु पाइन्छ । तामाको प्रयोगले मधुमेह, न्यून क्यालोरी भएको, बोसो घटाउने, जस्ता कार्यमा निकै महत्वपूर्ण भूमिका निभाएको हुन्छ । तामामा फ्याछ सुगर नगन्य मात्रामा हुने हुँदा यसले कोलेस्ट्रोलको एलडीएल स्तर, लिपिड्स र बाउल फँक्शन कम गर्छ । मुटुको समस्या भएको व्यक्तिहरुको लागि पनि निकै उपयोगी रहेको छ ।तामामा प्राटिन एमिनो एसिडको मात्रा धेरै हुने भएकाले स्वास प्रस्वास सम्बन्धी समस्या भएका व्यक्तिहरुको लागि निकै महत्वपूर्ण रहेको हुन्छ । हेरौ केके हुन् त तामाको फाइदाहरु

१.कार्बोहाइड्रेडको मात्रा अत्यन्तै कम हुने भएकाले तामाको सेवनले मधुमेहको समस्या भएका व्यक्तिहरुको लागि फाइदाजनक रहेको हुन्छ ।

२.बाँसको तामा क्यालोरी कम हुने भएकाले तौल कम गर्न मद्दत गर्छ ।

३.तामाको सेवनले पाचन प्रक्रिया सम्बन्धी भएको विभिन्न प्रकारका समस्याहरुलाई कम गर्छ ।

४.गर्भवती महिलाहरुको लागि पनि तामा निकै लाभदायक रहेको छ । गर्भवती महिलालाई गर्भवती हुने अन्तिम अवस्थमा चामा खुवाउने गरिन्छ ।

५.तामाले ग्यास्टिक अल्सर जस्ता समस्यालाई निको पार्नुको साथै क्यान्सरको सम्भावनालाई समेत कम गर्छ ।

६.तामाको सेवनले मुटु रोग उच्च रक्तचाप, जस्ता समस्यााई नियन्त्रण गर्छ ।

७.फोक्सो सम्बन्धी समस्या भएका व्यक्तिको लागि तामा अमृत समान हो । यस्तो समस्याले ग्रसित भएका व्वक्तिहरुको लागि नियमित तामाको सेवन गर्दा निकै राहत पुग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *