निश्चललाई छाडेर अष्ट्रेलिया पुगेकी स्वस्तिमा समुन्द्रमा मस्ती गर्दै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । नेपाली चलिचित्र होस्टेलबाट उदाएकी नायिका स्वतिमा खड्का निकै चर्चामा रहेकी छन् । पछिल्लो समय चलिचित्र बुलबुलमा गरेको अभिनयको कारण उनीले थप चर्चा पाएकी छन् । स्वस्तिमालाई पछिल्लो समय नेपालकी चर्चित नायिकाको उपमा दिइएको छ । छोटो समयमा आफुले पाएको चर्चालाई स्वतिमाले कसरी बचाउछिन् र कसरी अगाडी बढाउँछिन् भन्ने कुरा हेर्न बाँकी नै छ ।

उनी यतिबेला आफ्नै श्रीमान निश्चल बस्नेतसँग चलचित्र ‘घामट शेरे’ को छायांकनमा व्यस्त रहेकी छन् । चलचित्र बुलबुल सोको लागि अष्ट्रेलिया पुगेकी उनलाई दर्शकहरुले पनि निकै मन पराएको भन्ने उनको फेसबुक स्ट्टसबाट बुझन् सकिन्छ । पछिल्लो समय सामाजिक सञ्जालमा निकै सक्रिय रहेकी उनले अष्ट्रेलियामा भएको एक फेसन सोमा समेत भाग लिएको जानकारी गराएकी छन् । पछिल्लो समय फिल्म सोको लागि विदेशिएका नायिकाहरु समुन्द्री तटमा गएर रमाएको देख्न सकिन्छ ।

चलचित्र क्षेत्रमा निकै चर्चामा रहेकी स्वस्तिमाको अर्को चलचित्र ‘हजार जुनी सम्म’ आउँदो साउन ३० गतेबाट प्रर्दशन हुने भएको छ । उक्त चलचित्रले पनि स्वस्तिमाको करिअरमा कस्तो नतिजा ल्याउँछ भन्ने कुरा हेर्न बाकी नै रहेको छ । यतिबेला अष्ट्रेलियामा रहेकी स्वतिमाको तस्वीरमा उनलाई निकै कुल र सुन्दर देखिएको छ । नेपाली नयिकाहरु समुन्द्री तटमा गएर विभिन्न पोजमा लिएको तस्वीर भाइरल हुने क्रममा बढ्दै गर्दा स्वस्तिमाको तस्वीरलाई पनि दर्शकहरुले राम्रो प्रतिक्रिया दिएका छन् । अष्ट्रेलियाको काम सकेर छिट्टै नेपाल फर्कने तयारीमा रहेकी उनी अब छिट्नै घामट शेरेको छायांकनमा व्यस्त हुने बताएकी छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *