४६ दिनसम्म बियरमात्रै पिएर उपवास बसेका व्यक्ति भन्छन् ‘ बियर डाइटिङले तौल घटाउन निकै मद्दत गर्यो’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । उपवास बस्दा धेरै मानिसहरु फलफुल खाएर बस्छन् भने कतिपय व्यक्तिले त पानी समेत नखाइ उपवास बस्ने गर्छन् । तर अमेरिकाका एक व्यक्तिले भने डेढ महिनासम्म बियर मात्रै खाएर उपवास बसेका छन् । बाध्यताले एक एक दुई दिन उपवास बस्न त कठिन हुन्छ तर यी व्यक्तिले डेढ महिनासम्म बियर मात्रै खाएर उपवास बसेको कारण चर्चामा रहेका छन् ।

अमेरिकाको डेल शहरमा बस्ने हट नामका ती युवाले ४६ दिनसम्म बियर मात्रै खाएर उपवास बसे । उनले बियर बाहेक अन्य केही चिज पनि खाएनन् । उनले ४६ दिनसम्म केही नखादा २० किलो तौल घटाएका थिए । आफै रक्सी उत्पादन कम्पनीमा काम गर्ने भएकाले उनले बौद्ध भिक्षुले अपनाएको तरल भोजनको विधिबाट प्रेरित भएर केवल वियर मात्रै पिएर उपबास बसेका हुन् ।

१३२ किलो तौल भएका उनले बियर डाइटिंग गरेर ४६ दिनमा १ सय १२ किलो तौल बनाएका थिए । ४६ दिनसम्म लगातार बियर मात्रै पिउँदा आफुलाई केही समस्या नभएको बताए । बौद्ध भिक्षुले उपवास बस्दा पानीको सट्टा बियर सेवन गरेको र बौद्ध भिक्षुले त्यो समयमा अपनाएको त्यो विधि अहिले निकै उपयोगी भएको उनले दाबी गरेका छन् । ४६ दिनसम्म अन्य चिज नखाएर बियर मात्रै खाएका उनी तन्दुरुस्त रहेको बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *